PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

राष्ट्रिय महिला क्रिकेटको उपाधिका लागि एपीएफ र सुदूरपश्चिम भिड्ने



पहिलोपोस्ट

इटहरी : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ र सुदूरपश्चिम भिड्ने भएका छन्। सोमबार भएको खेलमा सुदूर पशिचमले पश्चिमाञ्चल तथा एपीएफले पूर्वाञ्चललाई हराउँदै फाइनल भेट पक्का गरेका हुन्।

इटहरीस्थित डिएभी ग्लोबल स्कुलको खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिमले पश्चिमाञ्चललाई ७ विकेटले हरायो।

टस हारेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले १९.२ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनायो। जवाफमा ९० रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गगुमाएर पुरा गर्यो।

ग्लोबल स्कुलको खेल मैदानमै भएको दोस्रो सेमिफाइनलमा एपीएफले पूर्वाञ्चललाई ७ रनले हरायो।

पहिले ब्याटिङ गरेको एपीफले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन मात्र बनाउन सक्यो। तर ६७ रनको लष्य पछ्याएको पूर्वाञ्चल १९.२ ओभरमा ५९ रनमा अलआउट भएपछि एपीएफले झिनो अन्तरको जित हात पारेको हो।

एपीएफ र सुदूरपश्चिमबीचको फाइनल खेल बुधबार हुनेछ। विजेताले नगद १ लाख तथा उपविजेताले ५० हजार पुरस्कार प्राप्त गर्नेछन्।
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell