
काठमाडौं : मेची-महाकाली अभियानकोक्रममा सप्तरीमा प्रहरीको गोली लागेर ४ जनाको ज्यान गएपछि एमालेले तीन दिन अभियान स्थगित गर्दै सो घटनाबारे आफ्नो दृष्टिकोण विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।
- मेची–महाकाली राष्ट्रिय अभियान भव्य, प्रभावकारी र शान्तिपूर्ण ढंगले अगाडि बढिरहेको र अभियानमा लाखौँ जनता उत्साहपूर्वक सहभागी भइरहेको बेला राजविराजमा भएको घटना दुखद।
- संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण अभियानमा निस्किएको एमालेलाई प्रवेश निषेधको धम्की दिने, कार्यक्रममा सहभागी हुन हिडेका सर्वसाधारणमाथि सांघातिक आक्रमण गर्ने, कार्यक्रमस्थल नजिकै विस्फोटक पदार्थ बिछ्याउने र संयमतापूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीहरुमाथि ढुंगामुढा, पेट्रोल बम प्रहार गर्ने जस्ता कामहरु गरेर मधेसी मोर्चाका कार्यकर्ताले अत्यन्त अराजक र हिंसात्मक गतिविधिहरु प्रदर्शन गरे ।
- एमालेले मुलुकलाई जबर्जस्ती मुडभेडतर्फ धकेलेर निर्वाचन हुन नदिने र संविधानलाई असफल पार्ने षड्यन्त्र हुँदै गरेको विगतमै गरेको विश्लेषण सप्तरीको घटनाले मधेसी मोर्चाको आवरणमा भइरहेका यस्ता षड्यन्त्रकारी र बिध्वांसात्मक गतिविधिलाई नै पुष्टि गरेको छ ।