
काठमाडौं : गृह मन्त्रालयले मंगलबार मध्यरात विज्ञप्ति जारी गरेर सप्तरीमा भएको घटनाबारे सरकारी धारणा सार्वजनिक गरेको छ। विज्ञप्तीमा प्रदर्शनकारीहरुले सुरक्षा घेरा तोडेर आमसभामा सहभागीमाथी आक्रमण गर्न खोजेको, ढुगामुढा गर्दै पेट्रोल बम समेत प्रहार गरेको दावी गरेको छ।
उसले हवाई फायर र रबर बुलेट चलाउँदा समेत स्थिति नियन्त्रणमा नआएपछि स्थानीय प्रशासनले घुँडामुनी गोली हान्न आदेशदिँदा दुखद घटना भएको बताएको छ।
मधेसी मोर्चाले प्रहरीको गोली लागेर ४ जनाको मृत्यु भएको उल्लेख गरेको छ। मोर्चाले नाम समेत सार्वजनिक गरे पनि गृहले भने तीन जनाको मृत्यु भएको उल्लेख गरेको छ। गृहले संजन महतो, पिताम्बर लाल मण्डल र आनन्द साहको मृत्यु भएको उल्लेख गरेको छ। गृहको विज्ञप्तिमा दिगम्बर झाको नाम उल्लेख छैन।
गृहको विज्ञप्ति