PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

​प्रदुषणका कारण एक बर्षमा विश्वभर १७ लाख बालबालिकाको मृत्यु



पहिलोपोस्ट

​प्रदुषणका कारण एक बर्षमा विश्वभर १७ लाख बालबालिकाको मृत्यु

जेनेभा : पाँच वर्ष नपुग्दै मृत्यु भएकामध्ये झन्डै एकचौथाई बालबालिकाको मृत्यु वातावरणीय प्रदूषणका कारण हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ। 

सङ्गठनले सोमबार सार्वजनिक गरेका पछिल्ला दुई वटा प्रतिवेदनका अनुसार गत एक वर्षमा ५ वर्ष मुनिका १७ लाख बालबालिकाको मृत्युको कारण वातावरणीय प्रदूषण रहेको छ। 

वातावरणीय प्रदूषणअन्तर्गत घरभित्र तथा बाहिर हुने धुवाँ, धुलो, असुरक्षित पानी र सरसफाईको कमजोर अवस्थालाई जनाउछ। 

बालबालिका प्रदूषणबाट प्रभावित भएमा श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगको खतरा हुने, श्वासनली साँघुरिएर श्वास फेर्न गाह्रो हुने, मुटुसम्बन्धी रोग, हृदयघात र क्यान्सर लाग्नसक्ने चिकित्सकहरूको भनाई छ। 

‘प्रदूषित वातावरण विषेशगरी साना बालबालिकाका लागि निकै घातक हुन्छ’, डब्लूएचओका प्रमुख मागर्रेट चानले जारी गरेको वक्तव्यमा भनिएको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell