
- अनन्त न्यौपाने/पहिलोपोस्ट
घटनापछि एमालेको आकस्मिक स्थायी समिति बैठकले अभियान तीन दिन स्थगित गरेको छ। कार्यक्रम स्थगितपछि सम्भावित सुरक्षा चुनौती मध्यनजर गरी शीर्ष नेताहरु सुरक्षति स्थल पुगेका छन्।
राति १० बजेसम्म सप्तरीमै सशस्त्र प्रहरी क्याम्पमा बसेका एमाले शीर्ष नेता मध्यरातमा झापा, मोरङ र सुनसरी पुगेका हुन्। अन्य केन्द्रीय नेताहरु पनि सुरक्षित स्थानमा सरेका छन्। नेताहरु अहिले विराटनगर, इटहरी र धरानमा बसेका छन्। सम्भवत आजै काठमाडौं फर्किनेछन्।
एमाले सुनसरीका सांसद् रेवतीरमण भण्डारीका अनुसार शीर्ष नेताहरु गएराति विराटनगर, इटहरी र धरानमा बसेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल ओली निवास पुगेका छन्। उपाध्यक्ष बामदेव गौतम, स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ इटहरीमा पाथिभरा गेष्ट हाउसमा बसेका छन्।
यस्तै कार्यक्रम स्थगितपछि बरिष्ठ नेता माधवकुमार, झलनाथ खनाल मोरङ बसेका छन्। स्थायी समितिका प्राय सवै सदस्य इटहरी बसेका छन्।
एमाले सांसद् ऋषिकेश पोखरेलले बरिष्ठ नेता नेपाल लगायतको टोली अहिले काठमाडौं फर्किने तयारीमा रहेको बताए।