PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

सप्तरीका प्रजिअ र प्रहरी प्रमुखलाई काठमाडौं झिकाउन प्रधानमन्त्री निर्देशन



पहिलोपोस्ट

सप्तरीका प्रजिअ र प्रहरी प्रमुखलाई काठमाडौं झिकाउन प्रधानमन्त्री निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना  र प्रहरी प्रमुख दिवेश लोहनीलाई काठमाडौं झिकाएका छन्। 

मंगलबार बिहानै फोन गरेर प्रधानमन्त्री दाहालल सोमबारको घटनाबारे बुझ्न प्रधानमन्त्रीले प्रजिअ र प्रहरी प्रमुखलाई काठमाडौं बोलाएका हुन्। उनीहरुको हेरफेर भने भएको हैन।

​प्रधानमन्त्रीले गृहमन्त्री विमलेन्द्र निधिमार्फत प्रजिअ र प्रहरी प्रमुखलाई काठमाडौं बोलाएका हुन्। 

प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले घटनाबारे जानकारी लिन प्रजिअ र प्रहरी प्रमुखलाई बोलाएको बताए।  

सोमबार नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत सप्तरीको कार्यक्रमपछि मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो। झडपमा चार जनाको ज्यान गएको थियो। प्रहरीले घटनामा तीन जनाको ज्यान गएको बताए पनि मधेशी मोर्चाले चार जनाको मृत्यु भएको दाबी गरेको छ।

सप्तरीका प्रजिअ तिमल्सिनाले भने प्रधानमन्त्रीले बोलाएकोमा आफुलाई कुनै जानकारी नभएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell