
प्रिमियर लिग अन्तर्गत सोमबार भएको एक मात्र खेलमा चेल्सी विजयी भएको छ। लण्डन डर्बी भिडन्तमा चेल्सीले वेष्टह्याम युनाइटेडलाई २-१ ले पराजित गरेको हो।
जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले दोस्रो स्थानको टोटनहम माथि १० अंकको स्पष्ट अग्रता बनाएको छ भने उपाधि यात्रालाई सहज बनाउँदै लगेको छ।
वेष्टह्यामको मेदानमा चेल्सीलाई जित दिलाउन एडेन हाजार्डले पहिलो र डिएगो कोस्टाले दोस्रो हाफमा गोल गरे। घरेलु टोलीका लागि इन्जुरी टाइममा मानुएल लान्जिनीले सान्त्वना गोल फर्काए।
चेल्सीको २७ खेलबाट ६६ अंक भएको छ भने समान खेलबाट टोटनहमको ५६ अंक छ। २७ खेलबाट ३३ अंक जोडेको वेष्टह्याम एघारौं स्थानमा छ।