
स्पानिस ला लिगा अन्तर्गत सोमबार भएको एक मात्र खेलमा तेस्रो स्थानको सेभिया अलाभेजसँग बराबरीमा रोकिएको छ।
गोलरक्षक सर्जि रिकोले सामान्य गल्ती गर्दा सेभियाले अलानभेजसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो। बराबरी पछि सेभियाले बार्सिलोना र रियल मड्रिडसँग अंक दुरी कप पार्ने अवसर गुमाएको छ।
पाब्लो सारावियाको पासमा विसम बेन येडरले २३ औं मिनेटमा गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए। तर ७५ औं मिनेटमा ओस्कार रोमरोको पासमा अलेक्जान्डर कटाईले अलोभजका लागि बराबरी गोल गरे। सेभियाका गोलरक्षक रिकोले बल क्लियर गर्न नसक्दा कटाईले गोल गरे।
बराबरीपछि २६ खेलबाट ५६ अंक जोडेको सेभिया तेस्रो स्थानमा यथावत छ। समान खेलबाट ६० अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको रियलको २५ खेलबाट ५९ अंक छ।