PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

४५ वर्षे प्रधानमन्त्रीको जादू, जर्मन चान्सलरदेखि ट्रम्पकी छोरीसमेत यसरी लठ्ठिए



पहिलोपोस्ट

४५ वर्षे प्रधानमन्त्रीको जादू, जर्मन चान्सलरदेखि ट्रम्पकी छोरीसमेत यसरी लठ्ठिए

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो वर्तमान समयका सबैभन्दा आकर्षक नेताका रुपमा परिचित छन्। ४५ वर्षे जस्टिनको व्यक्तित्वको जादूले संसारका उनीभन्दा चर्चित व्यक्तिहरुलाई समेत प्रभावित पारेको छ। 



माथिको फोटोमा जस्टिन जर्मन चान्सलर एञ्जेला मर्केलसँगै देखिएका छन्। एञ्जेलाको गहिरो नजर जस्टिनमाथि गडेको प्रस्टै देख्न सकिन्छ। मर्केलका आँखालाई गहिरिएर हेर्दा जस्टिनको सुन्दरताको जादूले ठूलाबडालाई पनि लठ्याउने खालको देखिन्छ। 



जस्टिन हालै अमेरिका भ्रमणमा गएका थिए। त्यहाँ उनले आफ्नो व्यक्तित्वको प्रभाव नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का ट्रम्पमाथि पनि पारे। जस्टिनसितको भेटमा इवान्काले उनको छेउमै रहेको कुर्सीमा बस्न मन गरिन्। चुम्बकीय व्यक्तित्व भएका जस्टिनलाई इवान्का आँखा नझिम्क्याएर एक टकले हेरिरहिन्। 

जस्टिनका पिता पियरे इलिएट ट्रुडो पनि लामो समयसम्म क्यानडाका प्रधानमन्त्री बनिसकेका छन्। तर जस्टिन पारिवारिक विरासतका कारण राजनीतिमा प्रवेश गरेका भने होइनन्। आफ्ना पिताको मृत्यु भएपछि मात्रै उनी राजनीतिमा देखा परे। 

आफ्नो आगमनको सुरुवातकालीन समयदेखि नै जस्टिनले क्यानडाका नागरिकको मनमा आफ्नो लागि ठाउँ बनाए। र, त्यसपछि उनी विश्वभरि नै आफ्नो प्रभाव छाड्न सफल भए। 

बिबीसीले जनाए अनुसार उनका पिता दुई कार्यकाल गरी जम्मा १५ वर्षसम्म क्यानडाका प्रधानमन्त्रीका रुपमा रहे। 

जस्टिनका पिताको सन् २००० मा मृत्यु भयो। त्यसको आठ वर्षपछि मात्रै जस्टिनले राजनीतिमा प्रवेश गरे। उनी चाँडै आफ्नो व्यक्तित्वको प्रभाव देखाउन सफल भए। 



यस फोटोमा मिसेल ओबामाको अनुहारमा पैदा भएको आकर्षणयुक्त भावले पनि जस्टिनको प्रभावशाली व्यक्तित्वको असर देखाउँछ। सधैँ हसिलो मुद्रामा देखिने उनलाई भेट्दा जुनै युवती पनि भित्रैदेखि पुलकित भएर अाउँछन्। अरुको मनलाई काउकुती लगाउन सक्ने क्षमता भएका जस्टिन सौन्दर्यका दृष्टिले संसारका कुनै प्रसिद्ध नायक भन्दा कम छैनन्। 

सन् २००० मा जस्टिनले आफ्ना पिताको मृत्युबारे पढेको शोक सन्देश निकै मन पराइएको थियो। क्यानडा ब्रोडकास्टिङ सर्भिसलाई त्यो सन्देश पुनर्प्रशारण गर्नका लागि सयौँ फोन आएका थिए। 



माथिको फोटोमा ब्रिटेनी शाही परिवारका सदस्य प्रिन्स विलियम र प्रिन्सेज केट मिडल्टनसित जस्टिन उभिएका छन्। फोटोमा हेर्दा मिडल्टन उनको सौन्दर्यका सामु भित्रैदेखि मोहित भएर झुकेकी जस्ती देखिन्छिन्। 

जस्टिन हातमा ट्याटु बनाउने संसारका एकमात्रै प्रधानमन्त्री हुन्। उनी सर्वसाधारण व्यक्तिले जस्तै क्यानडाको सडकमा पैदल हिडिँरहेका देखिन्छन्। 

विना कुनै तामझाम, विना कुनै सुरक्षा निर्धक्क भएर उनी क्यानडाका बसमा यात्रा गरिरहेका हुन्छन्। 



माथिको फोटोमा जस्टिन ब्रिटिस अभिनेत्री एमा वाटसनसित देखिएका छन्। उनीप्रतिको झुकाव यहाँ पनि प्रस्टै देख्न सकिन्छ। 



जस्टिनको व्यक्तित्वको मनमोहक प्रभाव युवा-युवतीलाई मात्रै होइन बुढापाकालाई समेत पर्ने गरेको छ। विश्वभरि नै उनको सुन्दर व्यक्तित्वको प्रभावमा लठ्ठिने धेरै छन्। 

माथिको फोटोमा शेख हसिनाले गरेको प्रेमिल हाउभाउबाट यो दर्शिन्छ। 



सर्वसाधारणको आवाजलाई साथ दिनका लागि जस्टिन विभिन्न र्‍याली-सभा समारोहमा सहभागी हुने गर्दछन्। उनी समलिङ्गीहरुका कार्यक्रममा पनि उत्साहका साथ सहभागी हुने गर्दछन्। 



जस्टिनले क्याम्पस पढ्ने बेला साथी सोफिया ग्रेगरीसित सन् २००५ मा बिहे गरेका थिए। अहिले उनी तीन सन्तानका पिता बनिसकेका छन्। 



जस्टिन परिवारसित छुट्टी मनाउन निकै उत्साहित हुन्छन्। उनी बालबालिकासँग खेल्न पनि ‍‍औधि रुचाउँछन्। 

अहिले जस्टिनको चुम्बकीय व्यक्तित्वको प्रभाव संसारभरि छ। उनको प्रभावशाली व्यक्तित्व र सौन्दर्यको आभा टाढाटाढासम्म फैलिएको देख्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell