PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

राजधानीको सार्वजनिक यातायातमा ठूला सवारी साधन राख्न प्रतिस्पर्धा, नयाँ गाडीमा यस्ता छन् सुविधा



पहिलोपोस्ट

राजधानीको सार्वजनिक यातायातमा ठूला सवारी साधन राख्न प्रतिस्पर्धा, नयाँ गाडीमा यस्ता छन् सुविधा

  • दिनेश खड्का  
काठमाडौं : राजधानीको सार्वजनिक यातायातमा सुविधा सम्पन्न ठूला सवारी साधन राख्न प्रतिस्पर्धा सुरु भएको छ। साझा यातायातले वार्इफार्इ, एलइडी टेलिभिजन लगायतका सुविधा दिएर सेवा सुरु गरेपछि प्रतिस्पर्धा सुरु भएको हो।

साझापछि त्यस्तै सुविधा दिएर निजी क्षेत्रबाट महानगर यातायात र सिटी मेट्रो यातायातले त्यस्तै सुविधासहित सेवा थालेका छन् भने केही कम्पनी नयाँ बस ल्याउने तयारीमा छन्। चाबहिल-कोटेश्वर चल्ने नेपाल यातायातले दशवटा नयाँ ठूला बस ल्याउने तयारी गरेको छ। नेपाल यातायात मिनीबस सेवा समितिका अनुसार उही रङ र उस्तै देखिने ३६ सिटका बस संचालनमा ल्याउन लागेको हो।


गोपालचन्द्र गुरुङका अनुसार एक महिनाभित्रै नयाँ बस संचालनमा आउनेछ। यो यातायातका गाडी १७ वर्ष पुराना भएकोले समेत नयाँ ल्याउनुपर्ने बाध्यात्मक अवस्था आएको हो।
 
'अहिले नेपाल यातायातका अधिकाश गाडीहरु १७ वर्ष पार गरिसकेका छन्। त्यसकारण नयाँ ठूला गाडीहरु ल्याउन लागिएको हो ' उनले भने। नेपाल यातायातका गोपीकृष्ण-बालकुमारी, पेप्सीकोला-टाउन प्लानिङ-जावलाखेल-पेप्सीकोला, गोठाटार-पुतली सडक-घण्टाघर-पुरानो बसपार्क हुँदै पुन गोठाटार, रिङरोडलगायतका ४ वटा रुटमा बस र मिनीबस गरी १ सय ४८ गाडी संचालनमा छन्।
 
सरकारले ४० भन्दा बढी सिट भएका गाडी कम्पनीको मोडेलमा दर्ता भएर ल्याएमा ८० प्रतिशतसम्म राजस्व छुट दिने व्यवस्था गरेको छ। तर नेपाल यातायातले बस सञ्चालन हुने रुटमा गाडी मोड्न र लैजान नसकिने भएकाले ४० सीटका गाडी ल्याउन नसकिएको गुरुङले बताए।
 
नेपाल यातायात सञ्चालित रिङरोडबाहेक अरु रुटमा ठूला गाडी सञ्चालनका लागि उपयुक्त नभएकाले ३६ सीटका गाडी सञ्चालनमा ल्याउन लागेको उनले बताए।
 
नयाँ बसमा फरक के छ?
समितिका अनुसार नेपाल यातायातको अहिले सञ्चालनमा रहेको बसमा १८ सिट छन्। नयाँ आउने बसमा ३६ सिट हुनेछ। गाडी ठूलो र फराकिलो हुने भएकाले अब नेपाल यातायातमा सहज रुपमा यात्रा गर्न मिल्नेछ। समितिले अरु सुविधा थपेर सेवा दिने गुरुङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell