PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

सप्तरी झडप: सशस्त्रका एसपी पनि काठमाडौं डाकिए



पहिलोपोस्ट

सप्तरी झडप: सशस्त्रका एसपी पनि काठमाडौं डाकिए

काठमाडौं : सप्तरीमा भएको झडपमा तीन जनाको ज्यान गएपछि गृह मन्त्रालयले घटनाबारे बुझ्न शसस्त्र प्रहरीका एसपी जयबहादुर खड्कालाई समेत काठमाडौं डाकेको छ। नेकपा एमालेको मेची-महाकाली अभियानमा अवरोधका भएपछि तीन जनाको ज्यान गएपछि प्रधानमन्त्री पुष्षकमल दाहालले स्थानीय सुरक्षा प्रमुखलाई डाक्न गृह मन्त्रालयलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशन अनुसार सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना र जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी दिवेश लोहनीसँगै सशस्त्र सिमा सुरक्षा कार्यालय सप्तरीका प्रमुख एसपी खड्कालाई काठमाडौं झिकाइएको हो।

प्रधानमन्त्रीका स्वकिय सचवि प्रकाश दाहालले पहिलोपोस्टसँग प्रधानमन्त्रीले गृहमन्त्री बिमलेन्द्र निधिलाई फोन गरेर स्थानीय सुरक्षा प्रमुखहरुलाई तत्काल काठमाडौं झिकाउन निर्देशन दिएको बताए।

अभियान सकिएर एमालेका केन्द्रियतहका नेता कञ्चनपुर फर्किनेक्रममा कार्यक्रमस्थलभन्दा २ किलोमिटर पर एमालेको अभियानको विरोधमा उत्रिएका मधेसी मोर्चाका समर्थक र सुरक्षामा खटिएका सुरक्षाकर्मीविच झडपहुँदा गोली चलेको थियो। गृह मन्त्रालयका अनुसार झडपमा गोली लागेर तीन जनाको मृत्यु र ७ जना घाइते भएका छन्।

मेची-महाकाली अभियानकाक्रममा झडप हुन खोजे पनि गोली नचलाउन आदेश भए पनि गोली चलाएको भन्दै प्रधानमन्त्री प्रचण्ड रुष्ट छन्।  घटनाको समिक्षा गर्न सोमबार बेलुका बसेको सुरक्षा प्रमुखहरुको बैठकले प्रदर्शनकारीले सुरक्षाकर्मीलाई दपेड्दै एमाले समर्थक भएकातिर आएपछि ठुलो मानविय क्षति रोक्न सुरक्षाकर्मीले बल प्रयोग गर्नु परेको विश्लेषण गर्दै बल प्रयोग नभएको भए कैलालीको टिकापुरमाझै ठुलो मानविय क्षति हुनसक्ने निष्कर्ष निकालेको थियो।

प्रहरीले झडप भएको स्थानमा आफ्नो तर्फबाट गोली नचलाइएको दावी गर्दै आएको छ। घाइतेहरुको बयान र सार्वजनिक भएको झडपस्थलको दृष्यमा सशस्त्र प्रहरी र प्रदर्शनकारीविच लखेटालखेटको क्रममा एसएलआरबाट गोली चलेको देखिन्छ।

सम्बन्धित अन्य समाचार

सप्तरीका प्रजिअ र प्रहरी प्रमुखलाई काठमाडौं झिकाउन प्रधानमन्त्री निर्देशन

मोर्चाका कार्यकर्ता मृत्युको विरोधमा बिहानैदेखि सप्तरी बन्द

सप्तरी घटनापछि एमालेका शीर्ष नेताको ‘रेस्क्यु’, ओली पुगे घर, माधव नेपाल विराटनगर

सप्तरी घटनाबारे मध्यरात विज्ञप्ति निकालेर गृहले भन्यो: बाध्य भएर घुँडामुनि गोली चलाउँदा दुखद घटना

सप्तरी घटनाबारे सुरक्षा निकायको निष्कर्ष: टिकापुर घटना दोहोरिन नदिन बल प्रयोग

कसले चलायो सप्तरीमा गोली? प्रहरी भन्छ - 'हामीले होइन'



 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell