PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

​बलिउडमा 'पहिलो' बनेका फिल्महरु



पहिलोपोस्ट

​बलिउडमा 'पहिलो' बनेका फिल्महरु

भारतीय फिल्म इतिहासमा सन् १९१३ मा पहिलो फिचर फिल्म 'राजा हरिशचन्द्र' बनेको थियो। त्यसपछि फिचर फिल्मको विकासमा बलिउडले निकै गति लियो। केही फिल्म कोसेढुङ्गा साबित भए जसले बलिउडको दशा र दिशा दुवै फेरिदिए।

केही फिल्म यस्ता जसले कृतिमान राखे।

पहिलो अडियो भिजुअल फिल्म
फिल्म विज्ञ अमृत गंगरले बिबिसी हिन्दीलाई दिएको जानकारी अनुसार बलिउडको टाइमलाइन जस्ताको त्यस्तै प्रस्तुत गर्न गाह्रो छ। तर प्रमाणहरुलाई आधार मान्दा पहिलो पटक भिडियोसँगै अडियो पनि सार्वजनिक भएको फिल्म हो 'आलम आरा'। १९३१ मा प्रदर्शन भएको फिल्म राती छायाङ्कन हुन्थ्यो। अनावश्यक हल्लाबाट बच्न फिल्म युनिटले राति काम गरेका थिए।


एक करोड कमाउने पहिलो फिल्म
सन् १९४३ मा सार्वजनिक फिल्म 'किस्मत'ले पहिलो पटक एक करोड कमायो। देशभक्तिसम्बन्धी फिल्मको कथा सो समयको दर्शकको भावनासँग मेल खायो। ब्रिटिसविरुद्ध 'भारत छोडो अभियान'मा रहेका भारतीय दर्शकले फिल्मलाई हिट बनाएको गंगर बताउछन्।

सो फिल्म कलकत्ताको एक हलमा १८६ दिनसम्म प्रदर्शन भएको थियो।

पहिलो रंगीन फिल्म 
अमृत गंगरका अनुसार 'किसान कन्या' पहिलो आधिकारिक रंगीन फिल्म हो। त्यसअघि केही रंगीन फिल्म बनेका थिए तर ति सब विदेशमा बनाएर भारतमा प्रदर्शन गरिन्थ्यो। १९६१ मा किसान कन्या सार्वजनिक भएसँगै लगातार रंगीन फिल्म बन्न थाले।

प्लेब्याक गीत गायनको सुरुवात 
बलिउडमा पहिलो प्लेब्याक गीत हो 'धुप छाँव'। जुन बंगाली गीतको रिमेक थियो। प्लेब्याक सिङ्गीङको ट्रेन्डले धेरै अभिनेतालाई गायक बनायो। बिस्तारै गायकहरु नै फिल्मको लागि गाउन थाले।

पहिलो महिला निर्देशक 
फातमा बेगम बलिउडको इतिहासमा पहिलो महिला निर्देशक एवं निर्माता हुन्। उनी स्वयं र उनकी छोरी जुबेदा त्यस समयको नामी कलाकार रहे।

पहिलो लिप लक सिन 
१९३० मा प्रदर्शन भएका धेरै फिल्ममा चुम्बनका सिन थिए। त्यसअघि लिप लक सिनहरुलाई असामान्य मानिन्थ्यो। 'मारथंडा वर्मा' पहिलो फिल्म हो। जसमा देविका रानी र हिमांशु रायको मुख्य अभिनय थियो।

पहिलो विदेशी सिन
फिल्म 'करमा' पहिलो पटक देश बाहिर सुटिङ भयो। फिल्मको सुटिङ लण्डनमा भएको थियो।

प्रदर्शन रोक लागेको पहिलो फिल्म 
ब्रिटिश शासनमा उनीहरुको इच्छाविपरित हुने हरेक कार्य भारतमा रोक लगाइन्थ्यो। १९२१ मा बनेको फिल्म 'भक्त विदुर' लाई ब्रिटिसले प्रदर्शनको रोक लगाए। फिल्ममा मुख्य पात्रले लगाएको टोपी महात्मा गांधीको टोपीसँग मेल खाने भएकाले सो फिल्म प्रदर्शन हुन पाएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell