PahiloPost

May 18, 2025 | ५ जेठ २०८२

फिल्म 'पलाँस'को नयाँ गीत, देखियो रेखा थापाको फरक भूमिका



पहिलोपोस्ट

फिल्म 'पलाँस'को नयाँ गीत, देखियो रेखा थापाको फरक भूमिका

कठमाडौं: फिल्म 'पलाँस'को नयाँ गीत सार्वजनिक भएको छ। 'मजा लाग्छ मलाई' बोलको गीत भिडियोसहित युट्युबमार्फत सार्वजनिक गरिएको हो।

चैत १८ गतेबाट प्रदर्शनमा आउने फिल्मको यो दोस्रो गीत सार्वजनिक भएको हो। भिडियोमा फिल्मका मुख्य दुई कलाकार रेखा थापा र आयुब केसी देखिएका छन्। भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्।

अर्जुन पोखरेलको संगीत रहेको गीतमा दयाराम पाण्डेको शब्द र युवराज चौंलागाईंको स्वर छ।

फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका हुन्। कृषा चौंलागाईंको निर्माण रहेको फिल्मलाई सुसन प्रजापतीले खिचेका हुन्। रेखा र आयुवसँगै कलाकार कामेश्वर चौरासिया प्रमुख भूमिकामा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell