
काठमाडौं: तीन जनाको ज्यान जानेगरी सप्तरीमा भएको घटनाबारे अमेरिकाले आफ्नो प्रतिकृयादिँदै अहिसात्मक र लोकतान्त्रिक प्रक्रियामा संलग्न हुन आग्रह गरेको छ। नेपालस्थित अमेरिकी दुतावासले विज्ञप्तिमार्फत सप्तरीमा भएको झडपप्रति गम्भिर चिन्ता ब्यक्त गर्दै राजनीतिक बहसमा हिंसाले ठाउँ नपाओस् भनेको छ।
उसले नेपाली सुरक्षा निकायलाई अधिकतम संयम अपनाउन आग्रहगर्दै सबै प्रदर्शनकारी र दलहरुलाई अहिंसात्मक रुपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न हुन आग्रह गरेका छन्।
नेपाल सरकार र नेपाली जनता स्थानीय निर्वाचनको तयारीमा जुटेको देख्न पाउँदा अमेरिका उत्साहित रहेको उल्लेख गर्दै उसले संविधान कार्यान्वयन गर्ने र मुलुकका सबै स्थानमा उत्तरदायित्व तथा जवाफदेहिता सुनिश्चित गर्ने दिशामा यो महत्वपूर्ण कदम रहेको उल्लेख गरेको छ।
उसले नेपाली जनता लोकतान्त्रिक मार्गमा अगाडि बढ्दा अमेरिका सबै नेपालीसँग सहकार्य गर्न प्रतिबद्ध रहेको जनाएको छ।
मधेसमा हुने गतिविधिप्रति तत्काल चासो ब्यक्त गर्ने भारत भने सप्तरी घटनामा मौन छ। उसले औपचारिक प्रतिकृया सार्वजनिक गरेको छैन।