
काठमाडौं : एमालेको मेची-महाकाली अभियानकोक्रममा भएको झडपमा तीन जनाको मृत्यु भएको विरोधमा मधेसी मोर्चा आन्दोलनमा उत्रिएपछि असहज अवस्था बनेको भन्दै स्थानीय प्रशासनले राजविराजमा कर्फ्यु जारी गरेको छ।
(फोटो: उपेन्द्र महतो )
मोर्चा कार्यकर्ताहरुले सरकारी कार्यालयमा आक्रमण गर्ने र प्रहरीसँगको झडपका घटना बढेपछि सुरक्षाको अवस्था नियन्त्रणमा राख्न जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराजमा कर्फ्यु आदेश जारी गरेको जनाएको छ।
( फोटो: www.hariyopati.com)
आन्दोलनकारीले सरकारी कार्यालय र सुरक्षा निकायका पोस्टहरुमा समेत आक्रमण गरिरहेका छन्। उनीहरुले भारदहमा रहेको सशस्त्र प्रहरीको चेकपोस्ट जलाएका छन्। प्रदर्शनकारीले मानवअधिकार आयोगको गाडि फुटाएका थिए। जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना जारी छ।
उनीहरुले राजविराजमा रहेको नेपाल टेलिकमर नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन्। स्थानीय प्रशासनका अनुसार अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी रहनेछ।