PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

राष्ट्रपति फर्किएपछि बल्ल पूर्वराजा शाश्वतधाममा, एउटै मञ्चमा उपस्थित भएनन्



मनोज सत्याल

राष्ट्रपति फर्किएपछि बल्ल पूर्वराजा शाश्वतधाममा, एउटै मञ्चमा उपस्थित भएनन्

नवलपरासी : राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राज्ञा ज्ञानेन्द्र उद्योगपति विनोद चौधरीको पहलमा निर्माण भएको शाश्वतधाम उद्‍घाटनको एउटै मञ्चमा उपस्थित भएनन्। आयोजकहरुले दुवैलाई एउटै कार्यक्रममा डाकेका भए पनि राष्ट्रपति भण्डारी उद्‍घाटन सकाएर हेलिकप्टरमा चढी प्रस्थान गरिसकेपछि बल्ल पूर्वराजा ज्ञानेन्द्र कार्यक्रम स्थलमा झुल्किएका थिए। 

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई निम्तो गरिएको भए पनि उनले भ्रमण रद्द गरे। 

राष्ट्रपतिले धाम उद्घाटन गरेपछिको धर्मसभामा पूर्वराजा ज्ञानेन्द्र विशिष्ट अतिथि बनाइएका छन्। 

नवलपरासीको देवचुली नगरपालिकास्थित १२ एकड क्षेत्रफलमा फैलिएको धाम भारतको खजुराहो शैलीमा निर्माण गरिएको हो।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell