PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

सप्तरी घटनामा न्यायिक छानबिनको माग गर्दै कांग्रेस सांसदले भने- 'उत्तेजित भाषणको परिणाम'



पहिलोपोस्ट

सप्तरी घटनामा न्यायिक छानबिनको माग गर्दै कांग्रेस सांसदले भने- 'उत्तेजित भाषणको परिणाम'

काठमाडौँ : नेपाली कांग्रेसका सांसदहरुले सप्तरी घटनाको न्यायिक छानविनको माग गरेका छन्।
 
संसदमा प्रतिनिधित्व गर्ने १९ कांग्रेस सांसदहरुले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी गोली चलाउने प्रहरी प्रशासनलाई निलम्बन गरी दोषीमाथि कारबाहीको माग गरेका हुन्। मधेसको समस्या राजनीतिक समस्या भएको जनाउँदै उनीहरुले त्यसलाई राजनीतिक रुपमा नै हल गर्न पनि भनेका छन्।
 
'एमालेको मेची महाकाली अभियानको नाममा गरिएको कार्यक्रम समय सापेक्ष हो कि होइन भन्ने विचार पुर्‍याएर कार्यक्रम गरिनुको सट्टा एमाले नेताहरुले उत्तेजित भाषण गरेर तराई मधेसका जनताहरुलाई झन् आक्रोशित बनाएको' विज्ञप्तिमा उल्लेख छ।
 
अधिकारको प्रदर्शनमा उत्रिएका जनतामाथि निर्ममतापूर्वक गोली प्रहार हुनुलाई रहस्यमय भन्दै ती सांसदहरुले आन्दोलरनरत पक्षसँग अविलम्ब वार्त र संवादमार्फत समाधान खोज्न सरकारसमक्ष आग्रह गरेका छन्।
 
एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तरगत सोमबार सप्तरीको राजविराजमा सभा हुने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा तीन जनाको ज्यान गएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell