PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

५० वर्षमा प्रोफेसनल फुटबल खेल्दै काजु मिउराले राखे रेकर्ड



पहिलोपोस्ट

५० वर्षमा प्रोफेसनल फुटबल खेल्दै काजु मिउराले राखे रेकर्ड

एउटा खेलाडी कति वर्षसम्म सक्रिय हुन सक्ला? जापानका एक खेलाडीले भने ५० वर्षमा प्रोफेसनल फुटबल खेल्दै रेकर्ड कायम गरेका छन्।
 
५० वर्षे काजुएसी मिउराले जापानको दोस्रो डिभिजन लिग जे टु लिगका लागि योकोहोमा एफसीबाट खेल्दै सर स्टानले म्याथ्युजको रेकर्ड ब्रेक गरेका हुन्। म्याथ्युजले ५० वर्ष ५ दिनमा खेलेका थिए। अब उक्त रकेर्ड ५० वर्ष ७ दिनमा फुटबल खेलेका काजुको नाममा हुनेछ। उनले भि भारा नागासाकी क्लबविरुद्ध ५४ मिनेट मैदानमा बिताएका हुन्। यसै सिजनको सुरुमा उनले क्लबसँग सम्झौता बढाएका थिए।
 
सन् १९८६ मा प्रोफेसनल फुटबल करिअर सुरु गरेका मिउराले जापानको राष्ट्रिय टिमका लागि ८९ खेल खेल्दै ५५ गोल समेत गरेका छन्। उनले ब्राजिलको सान्तोस पाल्मेरिस, इटलीको जेनओ लगायत क्लबमा समेत फुटबल खेलिसकेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell