PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

आलिया भट्टको स्वरमा 'सेल्फी गीत'



पहिलोपोस्ट

आलिया भट्टको स्वरमा 'सेल्फी गीत'

बलिउड अभिनेत्री आलिया भट्टले पुन: आफ्नै फिल्मको गीतका लागि स्वर दिने भएकी छिन्। 'यहाँ स्माइल प्लिज बिन बोले' बोलको सेल्फी गीतमा उनले स्वर दिन लागेको बलिउड हंगामाले जनाएको छ।

यसअघि उनले फिल्म हम्पी शर्माकी दुल्हनियाको गीत 'सम्झावा'मा आफ्नो स्वर दिइसकेकी छिन्।  'फिल्म स्टूडेन्ट अफ दि यियर'बाट गरेको डेब्युपछि अभिनेत्री फिल्मका लागि आलिया भट्टले पछाडि फर्केर हेर्नु परेको छैन। उनी अभिनित प्राय फिल्मले बलिउडमा राम्रो समीक्षात्मक एवं व्यवसायिक सफलता हात पनि पारेका छन्। छोटो समयमै फ्यान क्लब ठूलो बनाउने नायिकामा पर्छिन् आलिया।  

आलिया अभिनय मात्र होइन गायनमा पनि पोख्त छिन्। जसको प्रमाण बन्छ लाखौं हिट्स कमाएको उनको गीत 'सम्झावा'को भिडियो। मीठो स्वरकै कारण आउनले जिओनी फोनको व्यवसायिक विज्ञापनमा पनि आफ्नो आवाज रेकर्ड गराएकी छिन्।

उनको फिल्म 'बद्रीनाथकी दुल्हनिया' आउँदो शुक्रबारबाट प्रदर्शन हुँदैछ। फिल्ममा उनीसँगै बरुण धवन मुख्य भूमिकामा देखिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell