PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

सप्तरी घटनाको निष्पक्ष छानबिन गर : हिमराइट्स



पहिलोपोस्ट

काठमाडौँ : हिमालयन ह्युमन राइट्स मनिटर्स (हिमराइट्स) ले हिजो सप्तरीमा भएको घटना मानवअधिकारविरुद्धको जघन्य अपराध भएको भन्दै निष्पक्ष छानबिनका लागि माग गरेको छ। 

संस्थाले नेकपा एमालेद्वारा मेची-महाकाली अभियानका क्रममा सप्तरीमा आयोजना गरेको विरोधको सिलसिलामा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपमा परी ३ जनाको मृत्यु भएको र थुप्रै कार्यकर्ता र केही प्रहरीसमेत घाइते भएको घटनाप्रति ध्यानाकर्षण गरेको छ। 



आफ्ना मागहरुलाई शान्तिपूर्ण तवरले समाधान गर्नका निम्ति सबै पक्षले गम्भीरतापूर्वक सोच्नु जरुरी भएको बताउँदै शान्तिपूर्ण तवरले कुनै पनि समूहले गर्न खोजेको तथा लोकतान्त्रिक ढङ्गले गरिएको विरोध कार्यक्रमलाई संस्थाले सधैँ सम्मान गर्ने, अलोकतान्त्रिक तथा उच्छृङ्खल गतिविधिको घोर विरोध गर्ने जारी विज्ञप्तिमा उल्लेख छ। 

हिमराइट्सले हिजो भएको घटनाको निष्पक्ष छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा पीडितहरुको लागि उचित क्षतिपूर्तीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell