PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

चीन सरकारले निजामती अस्पतालको क्षमता विस्तारमा सहयोग गर्ने



पहिलोपोस्ट

चीन सरकारले निजामती अस्पतालको क्षमता विस्तारमा सहयोग गर्ने

काठमाडौँ : नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालको क्षमता विस्तार गरिने भएको छ।
 
चीन सरकारको सहयोगमा करिब सय श्ययाको तीनतले नयाँ भवन बनाएर क्षमता विस्तार गर्न थालिएको सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता शिवराम न्यौपानेले जानकारी गराए। उनका अनुसार भवन बनाउनका लागि चीन र नेपाल सरकारबीच सम्झौतासमेत भइसकेको छ।
 
अहिले रहेको भवनको पश्चिमतिर अत्याधुनिक भवन बनाउन लागिएको हो। 'चीन सरकारले भवन बन्ने ठाउँको स्थलगत अवलोकन गरिसकेको छ',उनले भने, 'सन् २०१८ सम्म भवन बनाइसक्ने योजना रहेको छ।'
 
यसअघि पनि चीन सरकारको सहयोगमा नै उक्त अस्पताल २०६५ सालमा सञ्चालनमा आएको हो। अहिले अस्पतालमा एक सय ३४ श्यया छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell