ब्रसेल्स : युरोपियन युनियनमा आबद्ध देशका व्यवस्थापकीय पदमध्ये ३५ प्रतिशतमा महिला रहेका एक अध्ययनले देखाएको छ। युरोपियन युनियनको तथ्याङ्कसम्वन्धी कार्यालय युरोस्टाटले अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा सोमबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो।
लाटभियामा सबैभन्दा धेरै अर्थात् ५३ प्रतिशत महिला व्यवस्थापकीय पदमा रहेका छन्। त्यसपछि बुल्गेरिया र पोल्याण्डमा ४४ प्रतिशत व्यवस्थापकीय पदमा महिला रहेका छन्।
तर जर्मनी, इटली र साइप्रसमा एक चौथाईभन्दा कम अर्थात् २२ प्रतिशत मात्रै महिला व्यवस्थापक रहेका छन्। युरोपियन युनियनका सबै सदस्य राष्ट्रमा श्रीमतीले भन्दा श्रीमानले नै धैरै कमाउने गरेका छन्।
व्यवस्थापकीय भूमिकामा रहेका महिला र पुरुषको सङ्ख्याको अन्तर भएका देशमध्ये सबै भन्दा थोरै अन्तर रहेको रोमानिया रहेको छ भने सबै भन्दा धेरै अन्तर रहेको देशमा हङगेरी रहेको छ। प्रतिवेदनका अनुसार रोमानियामा पाँच प्रतिशत र हङ्गेरीमा ३३.७ प्रतिशत अन्तर रहेको छ।
-रासस/सिन्ह्वा