PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पर्साका दुई स्थानमा आगलागी, दुई दर्जनभन्दा बढी घर जलेर नष्ट



राधेश्याम पटेल

पर्साका दुई स्थानमा आगलागी, दुई दर्जनभन्दा बढी घर जलेर नष्ट

वीरगन्ज : पर्साको वागेश्वरी तित्रौना र पोखरिया नगरपालिकामा आगालागी हुँदा दुई दर्जन घर जलेर नष्ट भएका छन्। वागेश्वरी तित्रौनाको वडा नं १ को मुर्दवा टोलमा आज दिउँसो २:४० मा आगलागी भएको पर्सा प्रहरीले जनाएको छ। 

स्थानीय विनोद यादवको घरमा खाना पकाएर फालिएको खरानीबाट आगो लागेको सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प बागेश्वरी तित्रौनाका सशस्त्र प्रहरी निरीक्षक कृष्ण उप्रेतीले बताए। आगलागीबाट २३ घर र १३ वटा गोठ जलेर नष्ट भएको वारुणयन्त्र वीरगञ्जका शेरबहादुरले बताए। उनले आगलागीमा ठूलो धनको क्षति भएको जानकारी दिएका छन्।

आगलागीमा परी वागेश्गरीमा जम्मा ३६ वटा घर जलेका छन्। आगलागीमा परी कामेश्वर यादव, रुपनरायाण यादव, मो.साहेब, सहयोग यादव, सुनिल यादव, शिवबालक यादव, सञ्जय यादव, मुना यादव लालबहादुर यादव, सुरेश यादव, मनोज यादव, दरोगा यादव, प्रभु यादव, शम्भु यादव इङरासन यादव, रम्भु यादवलगायतको घरगोठ जलेको छ।

आगलागीले गरगहना, नगद, अन्न, लत्ताकपडा भैसीको १ पाडा, २ खसी जलेर मरेका छन् भने ५ साइकल, १ मोटरसाइकल जलेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक महेश बस्नेतले जानकारी गराए।

इलाका पटेर्वा सुगौली, एकटागा, प्रहरी चौकी रङ्गपुर, मनवा, डकैला, महुवान, वीरगञ्जबाट आएको दुई वटा वरुण यन्त्र तथा स्थानीयहरुको सहयोगमा आगलागी नियन्त्रण गर्ने कार्य भइरहेको छ। 

सशस्त्र प्रहरी उपरीक्षक रवीन्द्र ठाकुरले प्रारम्भिक सूचनाअनुसार सवा करोडको क्षति भएको अनुमान गरिएको बताएका छन्। 

आगलागी पीडितहरुलाई नजिकको विद्यालयमा राखिएको छ। 

उद्धारको लागि रेडक्रस पर्साबाट टोली खटिएको छ। यसैबीच पर्साको पोखरिया र वागेश्वरी तित्रौनामा आगलागी हुँदा १० घर जलेर लाखौको क्षति भएको छ। पोखरीया नगरपालिका–३ मा तीन वटा गोठ जलेका छन्। स्थानीय जोखन सहनी मलाहा, जोगेन्द्र सहनी मलाहा, पल्टन सहनी मलाहाको गोठ जलेर नष्ट भएको हो। 

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए।

जोखन मलाहाको गोठको पछाडिबाट सल्किएको आगो सँगै जोडिएका अन्य छिमेकीको गोठमा पनि लागेको थियो। तर आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell