काठमाडौं : नेपाल ब्याडमिन्टन संघको आयोजना तथा विश्व ब्याडमिन्टन महासंघको सहयोगमा आयोजित दक्षिण एशियाली पारा ब्याडमिन्टन वर्कसप मंगलबार राजधानीमा सम्पन्न भएको छ।
दक्षिण एशियामा नै पहिलो पटक नेपालमा पारा ब्याडमिन्टन वर्कसप आयोजना गरिएको हो।
विश्वमा नै ब्याडमिन्टन खेलमा पारा खेलाडीहरुलाई आकर्षित गर्दै मानसिक र शारिरीक तन्दुरुस्ती कायम गर्दै दक्ष पारा खेलाडी उत्पादन गर्ने उद्धेश्यले स्थापित विश्व ब्याडमिन्टन संघको कार्यक्रमअन्तर्गत दक्षिण एशियामा पनि पारा खेलाडीहरुलाई ब्याडमिन्टन खेलप्रति आकर्षित गर्दै पारा खेलाडी उत्पादन गर्ने र दक्ष पारा प्रशिक्षक निर्माण गर्ने उद्धेश्य अनुरुप वर्कसप आयोजना गरिएको हो।
वर्कसपमा दक्षिण एशियाली ७ राष्ट्रका पारा प्रशिक्षक र सटल टाईमबाट उत्पादित प्रशिक्षक गरि ३१ जनाको सहभागिता रहेको थियो। जसमा नेपालबाट पारा प्रशिक्षक, सटल टाईमबाट उत्पादित प्रशिक्षक तथा नेपाल ब्याडमिन्टन संघले एक जिल्ला एक प्रशिक्षक कार्यक्रम अन्तर्गत उत्पादन गरेका प्रशिक्षक गरि १९ जनाको सहभागिता रहेको थियो।
दुई दिने वर्कसपलाई विश्व ब्याडमिन्टन महासंघकी पारा विशेषज्ञ सुश्री म्यारियम लोले प्रशिक्षण प्रदान गरेकी थिईन्।