PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

​प्रधानमन्त्री र मधेशी मोर्चाका नेताबीच बालुवाटारमा परामर्श हुँदै



पहिलोपोस्ट

​प्रधानमन्त्री र मधेशी मोर्चाका नेताबीच बालुवाटारमा परामर्श हुँदै

काठमाडौँ : वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचन फिर्ता लिन सात दिनको अल्टिमेटम दिएको मधेशी मोर्चा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज परामर्श हुँदैछ।

घोषित चुनाव स्थगन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी छ।

मोर्चाको अल्टिमेटमको भोलिपल्टै प्रधानमन्त्रीले मोर्चाका नेतालाई परामर्शमा बोलाएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बोलाइएको छ।

संविधान संशोधनअघि चुनाव सम्भव नरहेको मोर्चाले बताउँदै आएको छ। प्रधानमन्त्री दाहालले भने सक्ता साझेदार दलहरुबाटै संविधान संशोधन विधेयकमा मतदान नगर्ने स्पस्ट भनाई आइसकेको भन्दै चनाुवपछि संशोधन प्रक्रिया अघि बढाउने मोर्चाका नेतालाई आश्वासन दिँदै आएका छन्। तर, मोर्चाले अस्वीकार गर्दै आएको छ।

मधेशी मोर्चासहितको संघीय गठबन्धनले मंगलबार सरकारलाई एक साताको अल्टिमेटम दिएको थियो। 

मोर्चाले सोमबार सप्तरीको राजविराजमा भएको घटनाका मृतकहरुलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरुलाई निःशुल्क उपचार गर्नु पनि माग गरेको थियो। मोर्चाले बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ र शुक्रबार नेपाल बन्द आह्वान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell