PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

सप्तरीको अवस्था सामान्य बनाउन स्थानीय प्रशासनले थाल्यो वार्ता, मृतकको संख्या चार पुग्यो



पहिलोपोस्ट

सप्तरीको अवस्था सामान्य बनाउन स्थानीय प्रशासनले थाल्यो वार्ता, मृतकको संख्या चार पुग्यो

काठमाडौं : सप्तरीको अवस्था सामान्य बनाउने विषयमा स्थानीय प्रशासनले वार्ता सुरु गरेको छ।
 
राजविराजमा सोमबार प्रहरीको गोली लागी मृत्यु हुनेको संख्या चार पुग्दै गर्दा जिल्ला प्रशासन कार्यालयले मधेसी मोर्चाका स्थानीय नेताहरुसँग वार्ता सुरु गरेको हो। एमालेले राजविराजमा सभा गर्दै गर्दा प्रहरीसँग झडप हुँदा मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो। सोही घटनालाई लिएर सप्तरी बन्द गरिएको छ। जनजीवन प्रभावित भएकाले अवस्था सामान्य बनाउन स्थानीय तहमै वार्ता थालिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका निमित्त प्रमुख प्रेमकुमार उपाध्यायले बताए।
 
यसैबीच प्रहरीको गोली लागी मृत्यु हुनेको संख्या चार पुगेको छ। सोमबारको घटनामा तीन जनाको मृत्यु भएको थियो। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मठरा गाविसका वीरेन्द्र महतोको बुधवार मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो। अन्य घाइतेको उपचार भइरहेको छ।

सोमबारको घटनालाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले आह्वान गरेको बन्दले आज पनि जनजीवन  प्रभावित रहेको छ।बन्दका कारण सप्तरीमा यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था पनि बन्द भएको छ। बन्द सफल गराउन आक्रोशित मधेसी मोर्चा कार्यकर्ता आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुर लगायतका बजार क्षेत्रमा बन्द गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell