PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

निर्वाचन तयारीमा ‘ब्रेकथ्रु’ स्थानीय तह पुनर्संरचना प्रतिवेदन आयोगमा, संख्या ७४४ नै कायम



रमेश वाग्ले

निर्वाचन तयारीमा ‘ब्रेकथ्रु’ स्थानीय तह पुनर्संरचना प्रतिवेदन आयोगमा, संख्या ७४४ नै कायम

काठमाडौं : सरकारले निर्वाचन आयोगलाई स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अनुसार गाउँपालिका नगरपालिका संख्या निर्धारणको जानकारी पत्र पठाएको छ। स्थानीय तहमा ७४४ इकाइ रहनेगरी सरकारले आयोगलाई पत्र पठाएको छ। 

आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले आयोगको प्रतिवेदनसहितको पत्र मंगलबार साँझ प्राप्त भएको बताए।

स्थानीय तह पुनर्संरचनाको प्रतिवृदन प्राप्त नहुँदा आयोगले मतदान केन्द्र तोक्ने र मतदाता नामावली अद्यावधिक गर्ने काम गर्न पाएको थिएन। 

अव आयोगले प्रतिवेदन अनुसार स्थानीय तह निर्वाचन तयारीका लागि कर्मचारी परिचालनको बाटो खुलेको छ। भने, मतदाता नामावली परिमार्जन गरी नयाँ संरचना अनुसार मतदाता परिचयपत्र तयारी र लागू गर्ने आधार बनेको छ। कर्मचारी परिचालनका लागि आयोगले यसअघि नै नेपाल सरकार, र संगठित संस्थासँग कर्मचारी विवरण मागिसकेको छ।

सरकारले आयोगलाई ६२ जिल्लामा वडा विभाजनसहितको प्रतिवेदन उपलव्ध गराएको छ। १५ जिल्लाको वडा विभाजन नगरेको प्रतिवेदन आयोगमा पठाएको हो।

राजपत्रमा प्रकाशन गरेपछि कार्यान्वयनमा आउने उक्त प्रतिवेदन आयोगलाई पत्रचार र प्रकाशन एकैपटक गर्ने सरकारको तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell