PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

कृषि विकास बैंकमा ४० जनाका लागि जागिर खुल्यो

कृषि विकास बैंकमा ४० जनाका लागि जागिर खुल्यो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कृषि विकास बैंकको प्रशासन सेवामा जागिर खुलेको छ। खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि ४० जनाको माग गरिएको हो।
 
व्यवसाय अधिकृत, अधिकृत स्तर तृतीय श्रेणीका लागि माग गरिएको ४० जनामा खुलाबाट २२, महिला ५, आदिवासी जनजाति ५, मधेसी ४, दलित २, अपांग १ र पिछडिएको क्षेत्रबाट १ जना लिइनेछ।
 
सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सकिने बैंकले जनाएको छ। आवेदनका लागि परीक्षा दस्तुर एक हजार तोकिएको छ। समावेशी समूहका लागि थप तीन सय तिर्नुपर्छ।
 
आवेदन दिने उम्मेदवार मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण वा मानविकी संकायमा अर्थशास्त्र मुल विषय लिई स्नातकोत्तर उत्तीर्ण हुनुपपर्ने बैंकले जनाएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell