PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

कालिदासको 'शकुन्तला' नाटक मञ्चन



पहिलोपोस्ट

काठमाडौः संस्कृत भाषाका महान् कवि तथा नाटककार कालिदासको चर्चित नाटक 'शकुन्तला' राजधानीमा मञ्चन गरिएको छ। 

चेल्सी इन्टरनेशनल एकेडेमी र विद्या संस्कार स्कुलका विद्यार्थीहरुले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा यस नाटकका दुई वटा शो प्रस्तुत गरेका हुन्। 

राजा दुष्यन्तले मृगको शिकार गर्न बन डुल्दै गरेको घटनाबाट सुरु भएको नाटकमा राजाको शकुन्तलासँग भेट हुन्छ। यी दुई पात्रको प्रेम कथामा नाटक आधारित छ। शिकार खेल्दा भेटिएका राजा दरवार फर्किन्छन्। उनको यादमा हराएकी शकुन्तलाले दुर्वाशा ऋषिको स्वागत गर्न चुक्छिन् र श्राप पाउँछिन्। नाटकमा यस्तै विविध दृश्यहरु देख्न सकिन्छ। 

यिनै घटना क्रमले जोडेको कथालाई नाट्य रुपान्तरण गरिएको हो। नाटक अङ्ग्रेजी भाषामा अनुवादित छ। यसलाई नाट्यकर्मी आर्यन न्यौपानेले निर्देशन गरेका हुन्। नाटकका लागि आवश्यक स्टेज सजावट चेल्सी कलेजका आर्टसका विद्यार्थीहरुले गरेका हुन्।

नाटकमा कृपानन्द झा, सृष्टा घिमिरे, निलम डाग, हायज होडालगायत विद्यार्थीले मुख्य भूमिका रहेको छ। नाटकका सह-निर्देशक राजेश अधिकारीका अनुसार पूर्वीय दर्शन, संस्कार र कला झल्काउनका निम्ति नाटक मञ्चन भएको हो।
 
नेपाली, हिन्दी र अंग्रेजी भाषमा लेखिएको नाटकले मञ्चनीय पक्षलाई मात्रै होइन संवाद, प्रस्तुति, नृत्यु, रङ्ग र संगीतलाई पनि केन्द्रमा राखेको छ। कालिदासको यस नाट्य रचनामा पूर्वीय जीवन र दर्शनको विविध रूप तथा मूल तत्व प्रकटित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell