PahiloPost

Feb 20, 2025 | ८ फागुन २०८१

बुद्ध धर्मको विकासमा श्रीलङ्काको सहयोग रहने : राजदूत परेरा



पहिलोपोस्ट

बुद्ध धर्मको विकासमा श्रीलङ्काको सहयोग रहने : राजदूत परेरा

काठमाडौँ : नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस परेराले सभ्य समाज निर्माणका लागि नारीप्रति हुँदै आएका विभेद्लाई अन्त्य गर्नुपर्ने बताएका छन्। 

किमडोलस्थित निर्वाणमूर्ति बिहारले १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आज आयोजना गरेको ‘बुद्ध र नारी मुक्ति’ विषयक गोष्ठीमा उनले बुद्धकालीन समयमा नारीप्रति रहेको विभेदलाई न्यूनीकरण गर्न प्रजापति गौतमीको नेतृत्वमा ५०० नारीलाई बुद्ध शिक्षाको दीक्षा दिइएको बताए।

राजदूत परेराले नेपालमा बुद्ध धर्मको पुनरुत्थानमा श्रीलङ्काको ठूलो सहयोग रहेको स्मरण गर्दै नेपाल र श्रीलङ्काबीचको सम्बन्धलाई बौद्ध धर्म, साहित्य तथा दर्शनको माध्यमबाट बलियो र सद्‍भाव युक्त बनाउन सकिने विश्वास व्यक्त गरे। 

निर्वाणमूर्ति विहारका महासचिव अमृतमान ताम्राकारले बुद्धको समयमा नारी स्वतन्त्र भई धर्म अभ्यास गर्ने अवस्था नरहेको बताउँदै तत्कालीन समाज परिवर्तनका लागि प्रजापति गौतमीलाई बुद्धले भिक्षुणी बन्ने अनुमति दिएको विचार व्यक्त गरे। 

धम्मावती भिक्षुणी कुसुमले ‘भिक्षुणी महाप्रजापति गौतमीको ऋद्धि प्रतिहार्य’ भिक्षुणी वीर्यावतीले ‘नारी जातिको उत्थानका लागि महाप्रजापति गौतमीको योगदान’ र उर्मिला तम्राकारले ‘बुद्ध, प्रजापति गौतमी र नारी स्वतन्त्रता’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell