PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

सप्तरी घटनापछि एमालेको ५ निर्णय, भोलि राजधानीमा बृहत् भेला



पहिलोपोस्ट

सप्तरी घटनापछि एमालेको ५ निर्णय, भोलि राजधानीमा बृहत् भेला

काठमाडौं : सप्तरी घटनापछि तीन दिनका लागि मेची-महाकाली राष्ट्रिय अभियान स्थगन गरेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले विभिन्न पाँच निर्णय गरेको छ। आज पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले अभियान फागुन २७ गतेदेखि हेटौंडाबाट पूर्ववत् सञ्चालन गर्ने लगायतका पाँच निर्णय गरेको हो।

राजविराजको शान्तिपूर्ण कार्यक्रममा गरिएको हस्तक्षेपका विरुद्ध कार्यकर्तालाई स्पष्ट पार्न राजधानीमा बृहत् भेलाको आयोजना समेत गर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। 

केके छन् निर्णयमा

  • सप्तरीको राजविराजमा सिर्जित आपराधिक घटना र त्यसपछि उत्पन्न परिस्थितिको संवेदनशीलतालाई ख्याल गर्दै तीन दिनका लागि स्थगित मेची–महाकाली राष्ट्रिय अभियान फागुन २७ गते हेटौंडाबाट पूर्ववत सुचारु हुने।
  • राजविराजमा पार्टीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा गरिएको हस्तक्षेपविरुद्ध कार्यकर्ता पंक्तिलाई स्पष्ट पार्न, आपराधिक घटनाको भण्डाफोर गर्न र घटनाको वास्तविकता जानकारी गराउन फागुन २६ गते २ बजे रामशाहपथस्थित युगम्बर पार्टी प्यालेस (ट्राफिक कार्यालय पछाडि) मा बृहत् भेला आयोजना गरिने।
  • राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानका बारेमा जानकारी दिन देशभरका सबै जिल्लाहरुमा जिल्ला आमसभा आयोजना गर्ने।
  • प्रदेश नम्बर २ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्ने। साथै, प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाहरुमा कार्यकर्ता भेलाका साथै जिल्लास्तरीय सभाहरु आयोजना गरिने।
  • मधेसका विभिन्न जिल्लामा नेकपा एमालेका पार्टी कार्यालय, नेता–कार्यकर्ता तथा सर्वसाधारणका घरहरु, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिएको साथै नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्ने काम भएकोमा सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन सरकासँग माग।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell