PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

दोस्रो नेपालगन्ज गोल्डकप भोलिदेखि



पहिलोपोस्ट

नेपालगन्ज : बाँके फुटबल सङ्घको आयोजनामा दोस्रो टुवोर्ग नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ।

यही फागुन २६ देखि चैत ४ गतेसम्म स्थानीय नेपालगन्ज रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ८ टीमको सहभागिता रहने आयोजकले जनाएको छ।

जसमा मनाङ मर्स्याङदी क्लब, सिएमजी संकटा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाली सेना, रुपन्देही-११, सुदूरपश्चिम-११ र नेपालगन्ज-११ रहेका छन्।

प्रतियोगिताका लागि कुल २७ लाख बजेट छुट्टयाइएको छ। प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५१ हजार पुरस्कार प्राप्त गर्ने सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले बताए।

त्यस्तै प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट हुने गोलकिपर, मिडफिल्डर, फरवार्ड, डिफेन्स र म्यान अफ दी म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ।

नकआउटका आधारमा खेलाइने सो प्रतियोगिताको अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिता सम्बन्धी तयारीका विषयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शाहीले टुवोर्गसँग तीन वर्षसम्म प्रतियोगिता सञ्चालनका लागि सम्झौता भएको समेत जानकारी गराए।

यसैबीच, अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा क्रियाशील पत्रकार महिला समूहद्वारा बुधबार आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकार महिला समूह विजयी भएका छन्।

पत्रकार महिला समूहले महिला मानवअधिकारकर्मीको समूहलाई २५-१८, ११-२५ र २६-२४  को सेटमा पराजित गरेको हो। राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell