PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

दिदीबहिनी कप महिला भलिबल : एपीएफ बिजयी, न्यूडायमण्ड र पश्चिमाञ्चाबीचको खेल वर्षाले स्थगित



पहिलोपोस्ट

दिदीबहिनी कप महिला भलिबल : एपीएफ बिजयी, न्यूडायमण्ड र पश्चिमाञ्चाबीचको खेल वर्षाले स्थगित

कुश्मा : प्रथम रेडियो दिदीबहिनी कप राष्ट्रिय स्तरको महिला भलिबल दप्रतियोगीताको उद्घाटन खेलमा एपीएफ विजयी भएको छ। विभागीय भिडन्तमा एपीएफले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हरायो।

बुधवार भएको समूह ए को पहिलो खेलमा एपीएफले पुलिसलाई २५–१४, २५–१६ र २५–१७ को सेटमा पराजित गरेको हो।

यता समूह ख अन्तर्गत बुधबारै हुने भनिएको न्यूडायमण्ड र पश्चिमाञ्चलबीचको खेल भने खराब मौसमका कारण स्थगित भएको छ।

न्यूडायमण्डले सुरुवाती दुई सेट २५–३ र २५–१५ ले जितेर तेश्रो सेटमा पनि १९–१४ ले अग्रता बनाएको अवस्थमा हावा–पानीका कारण मौसम प्रतिकुल भएकाले खेल स्थगित गरिएको हो।

बिहीबार न्यूडायमण्ड र पश्चिमाञ्चलबीचको खेल एफआइभिबिको नियम अनुसार शुरु देखि नै हुनेछ।

सातौँ पश्चिमाञ्चल महोत्सवको मुख्य आकर्षकको रुपमा रहेको प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ।

समुह क मा एपीएफ र पुलिससँगै आयोजक रेडियो दिदीबहिनीको टिम रहेको छ भने समुह ख मा न्यूडायमण्ड र पश्चिमाञ्चल सँगै मा नेपाल आर्मी रहेका छन्।

प्रतियोगीताको विजेताले नगद १ लाख प्राप्त गर्नेछन भने उपविजेताले ६० तथा तेस्रो हुनेले ३० हजार हात पार्नेछन्।

यस्तै सर्बोत्कृष्ट खेलाडीले ५ हजार तथा विधागत तर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, डिफेन्स, क्वीकर, ब्लकरलाई ३/३ हजार प्रदान गरिने आयोजकले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell