काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले श्रीलंकामा हुने 'एसएफटी साउथ एसिया-जापान यु-१६ फुटबल एक्सचेन्स प्रोग्राम'मा सहभागिता जनाउने नेपाली यु-१५ फुटबल टोलीलाई बिदाइ गरेको छ।
एन्फा कम्प्लेक्समा बुधबार एन्फा अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ, काव महासचिव सन्जिव मिश्र, सिइओ इन्द्रमाल तुलाधर लगायतले २४ सदस्यी नेपाली टोलीलाई बिदाइ गरेका हुन्।
सुनिल कुमार श्रेष्ठ मुख्य प्रशिक्षक रहेको टोलीको वयवस्थापकमा मधुसुदन उपाध्याय रहेका छन्। यस्तै टोलीमा २ गोलरक्षक, ७ डिफेन्डर, ५ मिडफिल्डर र ४ फरवार्ड गरी १८ खेलाडी समावेश छन्।
नेपाली टोली भोली बिहीबार श्रीलंका प्रस्थान गर्नेछ। नेपालसँगै उक्त प्रोग्राममा आयोजक श्रीलंका, भुटान र जापानको युवा टोलीको पनि सहभागिता रहेको छ।
नेपाली यु-१५ टोलीले पहिलो खेलमा मार्च ११ भुटानको यु-१६ टोलीसँग खेल्नेछ। यस्तै मार्च मा जापान यु-१५ तथा मार्च १४ मा आयोजक श्रीलंका यु-१६ सँग खेल्नेछ।
नेपाली टोली आगामी बुधबार फर्कने कार्यक्रम रहेको छ।
(फोटो : एन्फा)