PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

एएफसी लिग डेपलपमेन्ट एक्सपर्ट र ए डिभिजन क्लबीच छलफल



पहिलोपोस्ट

काठमाडौं : फुटबल विकास खेलाडी उत्पादनको मेरुदण्ड मानिने ए डिभिजन लिग नेपालमा नभएको ३ वर्ष भइसकेको छ।

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फा र एसियाली फुटबल संघ एएफसीबीच नेपालमा लिग कसरी गर्ने भनेर बारम्वार छलफल पनि भइरहेको छ।

बुधबार पनि एएफसी लिग डेपलपमेन्ट एक्सपर्ट  र नेपालका ए डिभिजन क्लबीच एन्फा कम्प्लेक्समा यसै विषयमा छलफल भएको छ।

एएफसी डेपलपमेन्स अफिसर योगेश देशाई र एएफसी लिग म्यानेजमेन्ट एक्सपर्ट कल्सनट्याण्ट ट्रो क्याककोलले नेपाली क्लबका प्रतिनिधीहरुमाझ नया लिग संरचनाका बारे ब्रिफ गरेका थिए।

एन्फा पदाधिकारीसँगको छलफलपछि एएफसीका एक्सपर्टहरुले नेपालमा कस्तो ढाँचामा लिग गर्न सकिन्छ भनेर प्रारम्भिक फर्म्याट तयार पारेका छन्।

उक्त ढाँचा अनुसार अब नेपालमा विकेण्डमा मात्र लिग खेल गर्ने उल्लेख छ। नयाँ ढाँचाप्रति नेपालका क्लबहरुले पनि सन्तुष्टी व्यक्र गरेको उल्लेख छ। तर कुन ढाँचा लागु गर्ने भनेर अन्तिम निर्णय भने हुन बाँकी नै छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell