
काठमाडौं : चलचित्र पत्रकार संघ नेपालको नव अध्यक्षमा सन्दीप सापकोटा विजयी भएका छन्। उनी प्रतिद्वन्दी लक्ष्मण सुवेदीलाई २१ मतले हराउँदै विजयी बनेका हुन्। संघको सातौं महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको हो।
बुधबार काठमाडौँमा सम्पन्न निर्वाचनबाट उपाध्यक्ष संगठन दिनेश सिटौला निर्बिरोध विजयी भए। त्यस्तै उपाध्यक्ष कार्यक्रममा अषेश अधिकारीलाई हराउँदै श्याम अर्याल विजयी भएका हुन्।
महिलातर्फ भने शारदा थापालाई हराउँदै गीता अधिकारी उपाध्यक्ष बनिन्।
सचिव पदका लागि बैकुण्ठ पराजुली विजयी भए। उनले प्रतिद्वन्दी कुबेर गिरीलाई हराएका हुन्। महा सचिवमा अनिल यादवले विजय सुवेदी (आवाज)लाई पछी पारे। यी दुईबीच दुई मतको अन्तर रह्यो।
कोषाध्क्षमा कुवेर डंगोल र सह कोषाध्यक्षमा जिवन पराजुली निर्बिरोध विजयी भए। सचिव (समावेशी) मा समिर बलामी निर्बिरोध विजयी रहे।
संघको केन्द्रीय सदस्यमा वर्षा बस्नेत, उत्सव रसाइली, सुरेश दुलाल, कृष्ण भट्टरार्इ , बिकास लामिछाने, मनिश कार्की विजयी भए। समावेशीतर्फ भने विशाल राई र महिलातर्फबाट दीपज्योति थापा निर्बिरोध चुनिए।
केन्द्रीय सभासदमा डब्बु क्षेत्री, राजन घिमिरे, शान्तिप्रिय, सुब्रतराज आचार्य, विदुर गिरि, धनबहादुर खड्का, अशोकप्यासी राई, विष्णुप्रसाद सुवेदी र निमेश गौतम विजयी भए। स्वस्तिका पन्थी चिलवाल, रश्मि थापा र जयन सुब्बा मानन्धर महिला तर्फका लागि निर्बिरोध निर्वाचित भए।
प्रदेश सभासदतर्फ राजेश खनाल, विजयरत्न तुलाधर, रघुनाथ सापकोटा, मनोज केसी, आरडी श्रङ्खला, अमृत पुडासैनी, मञ्जु गैरे, याम कुमारी पुरी, पुष्पा थापलिया,सन्ध्या थापा, राजेन्द्र लुइँटेल, सुरज खड्का, चिरन्जीवी सापकोटा, नवराज ढुंगेल, सुरज पौडेल र अनिल थापा चयन भए।