PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

नेपाल लाइफको एफपिओ र फर्वार्ड कम्युनिटीको आइपिओ नपरेको पैसा आजदेखि फिर्ता



पहिलोपोस्ट

काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्स फर्दर पब्लिक अफरिङ (एफपिओ) र फर्वार्ड कम्युनिटी माइक्रो फाइनान्सको प्राथमिक शेयर (आइपिओ) मा आवेदन दिने लगानीकर्ताको पैसा बिहीबारबाट फिर्ता हुने भएको छ।
 
नेपाल लाइफको एफपिओमा आवेदन दिँदा माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, एनआइसी एसिया बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, एस डेभलपमेन्ट, ज्योति विकास बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, यति डेभलपमेन्ट बैंक, पूर्णिमा विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक, तिनाउ डेभलपमेन्ट बैंक, गुडविल फाइनाइन्स र श्री इन्भेष्टमेन्ट बैंकिङ एण्ड फाइनाइन्सको खाता उल्लेख गर्ने लगानीकर्ताको खातामा नै पैसा जानेछ। बाँकीले भने आवेदन दिएकै ठाउँबाट चेक फिर्ता लिन सक्ने निस्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।
 
फर्वार्ड माइक्रो फाइनान्सलका आवेदक मध्ये माछापुच्छ्रे बैंक, एनएमबी बैंक र नबिल बैंकमा खाता हुनेको पैसा खातामै जाने र बाँकीले आवेदन गरेको ठाउँबाट चेक लिनुपर्ने निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्टले जनाएको छ ।              
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell