PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

काबुल अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो



पहिलोपोस्ट

काबुल अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

काबुल : अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको छ। काबुलस्थित अफगान रक्षा मन्त्रालयले उक्त जानकारी दिएको छ। 

चिकित्सकहरुले लगाउने सेतो कोटको पहिरनमा आएका बन्दुकधारीहरुले सरदार दाउद खान अस्पतालमा गरेको यसआक्रमणमा परी ३८ व्यक्तिको मृत्यु हुनुको साथै ७० भन्दा बढी घाइते भएका छन्। 

छ घण्टासम्म लगातार जारी रहेको यस आक्रमण प्रायः डाक्टर, नर्स, बिरामीहरू परेका रक्षा मन्त्रालयका प्रवक्ता दवलत वाजिरीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्। 

आक्रमणमा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकले बताएका छन्। 

अफगानिस्तानमा जारी हिंसा हत्या र आतङ्कसँग आवद्ध द्वन्द्वमा परी गत वर्ष ३ हजार ४९० व्यक्तिको मृत्यु हनुको साथै अन्य ७ हजार ९२० जना घाइते भएका संयुक्त राष्ट्र संघीय अफगानिस्तान सहयोग मिसनले जनाएको छ। रासस/एएफपी 
(फोटो : बिबीसी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell