PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

​युसिएल : बार्सिलोनाको शानदार पुनरागमन, पिएसजीलाई दोस्रो लेगमा ६-१ हराउँदै क्वाटरफाइनलमा



पहिलोपोस्ट

​युसिएल : बार्सिलोनाको शानदार पुनरागमन, पिएसजीलाई दोस्रो लेगमा ६-१ हराउँदै क्वाटरफाइनलमा

विश्व फुटबलमै उत्कृष्ट पुनरागमन गर्दै स्पानिस जायन्ट बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

पहिलो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीसँग ४-० ले पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा उत्कृष्ट कमब्याक गर्दै ६-१ को शानदार जित हासिल गर्यो।

घरेलु मैदान नोउ क्याम्पमा सर्जि रोवर्टोले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि बार्सिलोना समग्रमा ६-५ ले विजयी भएको हो।

युरोपकै प्रतिष्ठित क्लब फुटबल प्रतियोगितामा बार्सिलोना पहिलो लेग ४-० ले हारेर पनि दोस्रो लेगमा उक्त नतिजा उल्टाउने पहिलो क्लब समेत बनेको छ।

खेल अघि बार्सिलोनाका प्रशिक्ष लुइस एनरिकेके जे भनेका थिए आखिर बार्सिलोनाका खेलाडीले त्यही गरेर देखाए पनि। उनले यदी पिएसजीले ४ गोल गर्न सक्छ भने हामी ६ गोल गर्न सक्छौं भनेका थिए र बार्सिलोनाले घरेलु मैदानमा ६ गोल नै गर्यो।

खेलको तेस्रो मिनेटमै लुइस सुवारेजले गोल गर्दै बार्सिलोनालाई  अग्रता दिलाए। ४० औं मिनेटमा पिएसजीका लेभिन कोर्जावाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता बनायो। दोस्रो हाफमा बार्साले उक्त लय कायम राख्दै ४ गोल थप्यो।

५० औं मिनेटमा लियोनल मेसीले पेनाल्टीमार्फत गोल गर्दै बार्साको अग्रता ३-० पुरयाए। ६२ औं मिनेटमा पिएसजीका एडिनसन काभानीले गोल गर्दा फ्रान्सेली क्लब समग्रमा ५-३ को अग्रता बनाउन सफ हुँदा बार्सा केही दबाबमा थियो। तर खेल सकिन दुई मिनेट अघि नेमारले व्यक्तिगत पहिलो गोल गर्दै बार्सालाई खेलमा फर्काए। नेमारले नै इन्जुरी टाइमको पहिलो मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले समग्रमा ५-५ को बराबरी गर्यो। 

नेमारकै पासमा रोबर्टोले इन्जुरी टाइमको पाँचौं मिनेटमा निर्णायक गोल गरेपछि बार्सिलोना ६-५ ले विजयी भयो। 

यस्तै अर्को खेलमा पिएरे एमरिक औवामेयाङले ह्याट्रिक गरेपछि जर्मन क्लब बोरुसिया डर्टमण्डले पोर्चुगिज क्लब बनेफिकालाई दोस्रो लेगमा ४-० ले हराउँदै समग्रमा ४-१ को जित हासिल गर्यो। पहिलो लेग १-० ले हारेको डर्टमण्डले पनि दोस्रो लेगमा कमब्याक गर्यो। डर्टमण्डका लागि क्रिस्टियन पुलिसिकले एक गोल गरे।

यसअघि नै स्वानिस जायन्ट रियल मड्रिड र जर्मनीकै वायर्न म्युनिख क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell