PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

मनाङमा चिसो हटेन, बाजुरामा हिमपात भएपछि उत्तरी भेगका विद्यालय बन्द



पहिलोपोस्ट

मनाङ : फागुन सकिनै लाग्दा पनि मनाङमा हिमापात भइरहेको छ। अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्ने मनाङमा हिमपात जारी रहेकाले चिसो हटिसकेको छैन।
 
हिमपातसँगै परेको पानीले मनाङवासीका साथै अन्नपूर्ण पदमार्ग पुगेका पर्यटक प्रभावित बनेका छन्।
 
यस्तै बुधबार रातिको मौसम बदलिएसँगै चिसो बढेकाले बाजुराको ११ गाविसमा हिमपात भएको छ। मौसम परिवर्तन र बर्सात सुरु भएपछि जिल्लाको उत्तरी भेगमा हिमपात सुरु भएको विकट गाविस बिच्छ्याका धनलाल सुनारले बताए।
 
हिमपातका कारण उत्तरी भेगका विद्यालय बन्द भएका छन्। जिल्लाका बिच्छ्या, रुगिन, गोत्री, साप्पाटा लगायतका दहकोट, मानाकोट, आटिचौर गाविसमा हिमपातको असर परेको छ।
 
हिमपातका कारण जिल्लाका बडिमालिका, बूढीनन्दा, कालाजग्रा लगायतका पर्यटकीय सम्भावना बोकेका डाँडाहरु सेताम्मे भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell