PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

प्रिमियर लिग : म्यानचेष्टर सिटी बराबरीमा रोकियो



पहिलोपोस्ट

म्यानचेष्टर सिटीले प्रिमियर लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ।

लिग अन्तर्गत बुधबार भएको एक मात्र खेलमा स्टोक सिटीसँग गोलरहित बराबरीमा रोकिएपछि सिटीले अंक तालिकामा टोटनहमलाई पछि पार्ने मौका गुमायो।

बराबरीपछि टोटनहम समान ५६ अंक जोडेको म्यानचेष्टर सिटी गोल अन्तरका आधारमा तेस्रो स्थानमा कायम छ।

समान खेलबाट ६६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ। २८ खेलबाट ३६ अंक जोडेको स्टोक नवौं स्थानमा यथावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell