
काठमाडौँ : निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा सहभागी ७५ जिल्लाका प्रतिस्पर्धी दलहरुको नाम सार्वजनिक गरेको छ। आयोगले गोरखापत्रमा सूचना प्रकाशित गरेर दलहरुको नाम सार्वजनकि गरेको हो। जसअनुसार सबैभन्दा धेरै काठमाडौँमा ४७ दलले प्रतिस्पर्धा गर्दैछन्। काठमाडौँपछि पर्सामा ४० दल भिड्दैछन्। सबैभन्दा कम मनाङमा ६ दल प्रतिस्पर्धामा छन् भने मुस्ताङमा ७ दल छन्।
आयोगले निर्वाचनको मिति घोषणा भएको दिन अर्थात् २०७३ माघ १७ गतेसम्म दर्ता भएका दलहरु र सूचना प्रकाशित गर्दा दर्तामा आएका दलहरुलाई प्रतिस्पर्धी दलहरुको रुपमा राखेको हो।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सबै जिल्लामा दर्ता छन्। त्यस्तै नयाँ शक्ति नेपाल र नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक दल पनि सबै जिल्लामा प्रतिस्पर्धामा उत्रिएको छ। यद्पि स्वतन्त्र उम्मेद्वारहरुले पनि निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनेछन्। निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मिति आउँदो वैशाख १६ गतेका लागि तोकेको छ। दलहरुलाई आयोगले दलीय आधारमा निर्वाचन चिह्न दिनेछ भने बाँकीलाई निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ।
हेर्नुस्, कुन जिल्लामा कति छन् प्रतिस्पर्धी-