PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

पर्सामा एन्टी रेबिज भ्याक्सिन अभाव



पहिलोपोस्ट

वीरगन्ज : प्रदेश नं २ अन्तर्गत पर्सा जिल्लामा विगत लामो समयदेखि एन्टी रेबिज भ्याक्सिन अभाव भएपछि बहुला कुकुरले टोकेका बिरामी समस्यामा परेका छन्। 

यहाँका स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको भ्याक्सिन विगत दुई महिनादेखि अभाव भएकाले निजी क्लिनिकमा चर्को मूल्य तिरेर भ्याक्सिन लगाउन बाध्य भएको बिरामीको गुनासो छ। 

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, पोखरिया अस्पताल तथा ठोरीस्थित इलाका हेल्थपोस्टमा रेबिज रोगविरुद्धको भ्याक्सिन निःशुल्क उपलब्ध गराउँदै आए पनि विगत दुई महिनादेखि सो भ्याक्सिन अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। 

हेटौँडास्थित क्षेत्रीय मेडिकल स्टोर्समा सो भ्याक्सिन सकिएकाले यस्तो अवस्थाको सिर्जना भएको हो। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा प्रतिमहिना ८०० भाइल, पोखरिया अस्पतालमा प्रतिमहिना ५०० भाइल तथा इलाका हेल्थपोस्ट, ठोरीमा प्रतिमहिना २०० जति भाइल खपत हुँदै आएकामा विगत दुई महिनादेखि सो भाइल अभाव भएपछि बिरामी निःशुल्क औषधि पाउनबाट वञ्चित हुँदै आएकाले यथाशीघ्र भ्याक्सिनको व्यवस्था गर्न पीडित बिरामीले माग गरेका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell