PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

सूचना लुकाएर लोकतन्त्र बलियो हुन्छ भन्ने ठान्नु भ्रम मात्र : प्रधानमन्त्री



पहिलोपोस्ट

सूचना लुकाएर लोकतन्त्र बलियो हुन्छ भन्ने ठान्नु भ्रम मात्र : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा लैजान स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको बताएका छन्।
 
बिहीबार राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले राजनीतिक संक्रमण लम्बिँदै जाँदा जनतामा निराशा छाउने र पश्चगामी शक्तिले टाउको उठाउने भएकाले निर्वाचन आवश्यक रहेको बताए।
 
नयाँ संविधानले स्थानीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहित महत्वपूर्ण अधिकार दिएको भन्दै उनले ती अधिकारको कार्यान्वयनका लागि निर्वाचनको कुनै विकल्प नभएको बताए। 
 
‘सूचना र सूचनाको हक प्रभावकारी भयो भने मात्रै लोकतन्त्र बलियो हुन्छ। जनताले जति सजिलै सूचना पाउँछन्, त्यति नै जनताको पक्षमा बनेका नियम, कानून र अधिकारहरु लक्षित वर्गमा पुग्दछन्,' उनले भने, 'आजको युग आफैँ पनि सूचनाको युग हो। तसर्थ, सूचना लुकाएर लोकतन्त्र बलियो हुन्छ, प्रशासन शक्तिशाली हुन्छ भन्ने ठान्नु भ्रम हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell