PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

तस्करहरुले यसरी नक्कली आफन्त बनाउँदै निकाल्छन् मृगौला, एउटाको मूल्य ९० लाखसम्म



सविन ढकाल

तस्करहरुले यसरी नक्कली आफन्त बनाउँदै निकाल्छन् मृगौला, एउटाको मूल्य ९० लाखसम्म

काठमाडौँ : पोखराकी रीता राईका श्रीमानको मृगौला फेल भयो। आफन्तहरुबाट मृगौलाको व्यवस्थापन गर्ने प्रयास असफल भएपछि निरास भएकी उनको भेट मृगौला तस्करसँग हुनपुग्यो।

तस्करले उनलाई  सहजै मृगौला मिलाइदिने आश्वासन दिए। उनले गाउँदेखि मन्त्रालयसम्म कसरी सेटिङ मिलाउने सुनाए। यो सबका लागि लाग्ने रकम सुनाए - ९० लाख। उनी निराश बनिन्। त्यसपछि पनि उनलाई मृगौला मिलाइदिन्छु भनेर धेरै दलाली गर्नेहरुले भेटे। तर एउटा मृगौलाको ५० लाखभन्दा कम्ति मूल्य कसैले भनेन। 

***

विभिन्न प्रलोभनमा भारत पुर्याौएर मृगौला झिकेर बिक्री गरेको आरोपमा पक्राउ परेका बिनुबहादुर तिमल्सिना, प्रकाश बस्नेत र भीमप्रसाद न्यौपाने महानगरीय प्रहरी परिसर काठमाडौँको थुनामा दिन बिताइरहेका छन्। प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ। 


स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयका केही भ्रष्ट कर्मचारीसँग मिलेर तस्करहरुले भारतमा लगेर मृगौला झिक्ने गरेका छन्। मन्त्रालयका कर्मचारीको सहयोग बिना तस्करी सम्भव छैन। 

मानव शरीरको अंग प्रत्यारोपण नियम तथा निषेध ऐन २०५५ को परिच्छेद ३ क दफा १४ ले एउटा स्वस्थ व्यक्तिले बिरामी आफन्तलाई मृगौला दिन पाउने व्यवस्था गरेको छ। यही व्यवस्थालाई टेक्दै तस्करले कर्मचारीको सहयोगमा साइनो नपरेको व्यक्तिलाई नक्कली आफन्त प्रमाणित गरेर मृगौला तस्करी गर्ने गरेका छन्। 

पुसमा प्रहरीले सार्वजनिक गरेका तीन जनाले पनि ठूलो सङख्यामा नक्कली आफन्त बनाएर केही पैसा दिएर मृगौला झिकेको खुलेको छ। 
स्रोतले भन्यो - यो विषयमा प्रहरी पनि अनभिज्ञ भने छैन। तर पीडितले उजुरी नदिने हुँदा प्रहरीलाई काम गर्न केही समस्या परेको छ। 

तस्करहरु अहिले पनि कैलाली, कास्की, चितवन जिल्लाका अशिक्षित र आर्थिक अवस्था कमजोर भएका मानिसको मृगौला तस्करीमा सक्रिय रहेका छन्। उनीहरुले भारतको गिरोहसँग मिलेर भारतको अस्पतालबाट माग अनुसारको मृगौला खोजीमा लाग्छन्। 

भारतमा रहेको गिरोहले मृगौला आवश्यक परेको बिरामीका आफन्तसँग ठूलो रकमको बार्गेनिङ गर्छ। लेनदेनमा कुरा मिलेपछि चिकित्सकको सल्लाहमा व्लड ग्रुप र अन्य कुराको विवरण नेपालका गिरोहलाई पठाइन्छ। नेपालमा रहेका गिरोहले त्यही अनुसारको मृगौला  खोज्छन्। 
विरामीको विवरण अनुसार म्यानेज भएपछि पैसाको प्रलोभन देखाएर सोझासाझा मानिसको मृगौला झिक्ने खेलमा लाग्छन्। त्यसपछि उनीहरुको बिरामीको आफन्त बनाउने खेल शुरु हुन्छ। 

नेपालमा एउटा गिरोह नै छ जसले नाता प्रमाणितदेखि नागरिकतासम्म नक्कली बनाउँछ - स्रोतले भन्यो । 

नक्कली विवरण लिएर तस्कर स्वास्थ्य मन्त्रालय पुग्छन्। मन्त्रालयका केही कर्मचारीलाई त्यो विवरण नक्कली भन्ने थाहा हुन्छ। तर नक्कली विवरणका आधारमा नै केही पैसाको लोभमा भारतीय दूतावासमा आफन्त भएको र मृगौला झिक्न स्वीकृत गरेको पत्र बनाइन्छ। 

यसरी प्रकृया पूरा भएपछि धेरै तस्करले आफन्त बनाएर भारतको अपोलो हस्पिटलमा बढी पठाइन्छ। त्यसो त भारतका चिकित्सकलाई पनि यो नक्कली आफन्त हो भन्ने थाहा हुन्छ तर उनीहरुले सहजै मृगौला झिक्छन्। मृगौला झिकेपछि उपचार खर्च र केही रकम दिएर उनीहरुलाई नेपाल फर्काइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell