PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

फिफा वरीयतामा नेपाल ३ स्थान माथि उक्लियो



पहिलोपोस्ट

फिफा वरीयतामा नेपाल ३ स्थान माथि उक्लियो

काठमाडौं : फिफा वरीयतामा नेपाल १७० औं स्थानमा उक्लेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मार्च महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल ३ स्थान माथि उक्लिदै १७० औं स्थानमा पुगेको हो।

दक्षिण एसियाली राष्ट्रहरुमा भारत सबैभन्दा अगाडी छ। २ स्थान तल झरेको भारत १३२ औं स्थानमा छ। 

यस्तै माल्दिभ्स १४० औं स्थानमा यथावत छ। दक्षिण एसिया छाडेर मध्य एसियामा गएको अफगानिस्तान ५ स्थान तल झर्दै १५६ ‍औं स्थानमा पुगेको छ।

भुटान पनि १७७ औं स्थानमा कायम छ। तीन स्थान तल झरेको बंगलादेश १९३, एक स्थान तल झरेको श्रीलंका १९७ औं स्थानमा छ भने पाकिस्तन १९८ औं स्थानमा यथावत छ। 

विश्व वरीयतामा भने अर्जेन्टिना शीर्ष स्थानमा यथावत रहदा ब्राजिल दोस्रो तथा जर्मनी तेस्रो स्थानमा कायमै छ। शीर्ष दशमा कुनै फरेबदल भएको छैन। चिली, बेल्जियम, फ्रान्स, कोलम्विया, पोर्चुगल, उरुग्वे र स्पेन क्रमश: चौथोदेखि दशौं स्थानमासम्म यथावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell