PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

बिना निम्तो पार्टीमा पुगेका कपिललाई शाहरुखले यस्तो भने



पहिलोपोस्ट

बिना निम्तो पार्टीमा पुगेका कपिललाई शाहरुखले यस्तो भने

काठमाडौं : सेलिब्रेटीहरुको रोचक किस्साहरु सुन्न पाइने स्टेज बनेको छ- करण जौहरको कार्यक्रम 'कफी विद करण' । कार्यक्रमको पछिल्लो एपिसोडमा उपस्थित थिए कमेडियन कपिल शर्मा। करणको चर्चित टक शोमा पनि उनले दर्शक हसाउने नै प्रयास गरे। उनले सुनाएका विभिन्न रोचक प्रसङ्गमा शाहरुख खानले आयोजना गरेको पार्टीमा आफू निमन्त्रणाविनै पुगेको प्रसङ्ग रोचक थियो।
 
एकपटक कपिलका भाइ मुम्बई आएका थिए। उनले शाहरुख खानको घर हेर्न जिद्दी गरे। कफी विद करणमा कपिल ले भने, 'ढोका खुल्ला थियो। भित्र पसे तर भित्र चलिरहेको पार्टीबारे मलाई थाहा थिएन।'
 
गौरी खानले उनको स्वागत गरिन्। पछि शाहरुखले पनि उनलाई भेटे। कपिलका अनुसार उनले शाहरुखलाई आफू निम्तो विना नै आएको कुरा बताए। तर शाहरुखले भने, 'यो कुरा तिमीलाई र मलाई मात्र थाहा छ, तिमी पार्टी इन्जोय गर।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell