PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

भारतीय प्रहरीको गोलीबाट नेपालीको मृत्यु भएको घटनाप्रति वाइसिएलको ध्यानाकर्षण



पहिलोपोस्ट

भारतीय प्रहरीको गोलीबाट नेपालीको मृत्यु भएको घटनाप्रति वाइसिएलको ध्यानाकर्षण

काठमाडौँ : कन्चनपुरको आनन्दबजारमा भारतीय सीमा सुरक्षाबल एसएसबीले नेपालीहरुमाथि गरेको ज्यादतीप्रति योङ कम्युनिस्ट लिग (वाइसिएल) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
 
सङ्गठनले आज एक प्रेस विज्ञप्ति जारी गरी 'नेपाली भूमिमा निर्माणाधीन कल्भर्टहलको विषयलाई लिएर भएको विवादमा नेपाली नागरिकमाथि भारतीय सुरक्षबल एसएसबीले गरेको कुटपिट तथा गोविन्द गौतमको हत्या भएको घटनाप्रति' संगठनले रोष प्रकट गरेको हो।
 
वाइसिएलले नेपाल सरकारलाई कूटनीतिक पहल गर्दै दोषीउपर सजाय दिलाउन र नेपाली सुरक्षाकर्मीमार्फत स्थानीय नागरिक तथा नेपाली भूभागको सुरक्षा गर्न ध्यानाकर्षण गराएको छ।
 
कञ्चनपुरको सीमा क्षेत्रमा एसएसबीले चलाएको गोली लागी आज बिहान गौतमको मृत्यु भएको थियो। केही दिनअघि नेपाली पक्षले कल्भर्ट बनाउन खोज्दा भारतीय पक्षले रोकेको थियो। सोही विवादलाई लिएर भारतीय प्रहरीले स्थानीयलाई धम्की र कुटपिट गर्न थालेपछि उनीहरु प्रदर्शनमा उत्रिएकf थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell