PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

भारतीय प्रहरीको गोलीबाट नेपालीको मृत्यु भएपछि कञ्चनपुरको पुनर्वास तनावग्रस्त, घटनापछि पनि हवाइफायर



पहिलोपोस्ट

भारतीय प्रहरीको गोलीबाट नेपालीको मृत्यु भएपछि कञ्चनपुरको पुनर्वास तनावग्रस्त, घटनापछि पनि हवाइफायर

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएपछि अहिले यहाँको अवस्था तनावग्रस्त बनेको छ। 

घटनाको विरोधमा स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन्। भारतबाट आएको एसएसबी टोलीले नेपालीको मृत्युपछि पनि हवाइफायर गरिरहेका छन् भने नेपाली प्रहरीले पनि अवस्था नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिरहेको स्थानीय हरिशचन्द्र बागले जानकारी दिए। 

घटनापछि नेपालतर्फबाट सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए।

नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ट निर्माण गरी पानीको निकासका लागि ह्युमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद भएपछि बिहीबार ढुङ्गा हानाहान भएको थियो। सो क्रममा एसएसबीले चलाउँदा पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो। फोटो : हरिशचन्द्र बाग



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell