PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

नेपाल-केन्याबीचको खेलका साथै होलीलाई लक्षित गरी प्रहरीको विशेष सुरक्षा योजना



पहिलोपोस्ट

नेपाल-केन्याबीचको खेलका साथै होलीलाई लक्षित गरी प्रहरीको विशेष सुरक्षा योजना

काठमाडौं : शनिबार नेपाल र केन्याबीच हुने आइसिसी वर्ल्ड क्रिकेट लिगका साथै होलीलाई लक्षित गरी नेपाल प्रहरीले विषेश सुरक्षा योजना बनाएको छ।
 
शनिबार हुने खेल र आइतबार उपत्यकामा मनाइने होलीमा एक हजार प्रहरी खटाइने बिहीबार पत्रकार सम्मेलन मार्फत प्रहरीले जानकारी गराएको हो। खेलाडीको सुरक्षाको लागि विमानस्थलदेखि खेल मैदानसम्मको सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले बताए।
 
होलीका अवसरमा जथाभावी लोला र पानी हान्ने तथा रङ छयापे प्रहरीले तत्काल कारबाही गर्ने उनले बताए।
 
त्यस्तै राजधानीमा गुन्डागर्दी गर्नेको सूची तयार गरी निगरानी सुरु गरिएको पनि उनले जानकारी गराएका छन्। प्रहरीले तयार पारेको सूचीमा नयाँ तथा पुराना गरेर १ सय ६१ भन्दा बढी गुन्डाको नाम छ। 'ती मध्ये अहिलेसम्म ३० जना पक्राउ परिसकेका छन्,' जोशीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell